×

NEPAL TIMES UPDATES

Playing
नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो?|| Nepal Times
Apr 29, 2026
Playing
राजदूत बन्न अब खुल्ला प्रतिस्पर्धा , भागबन्डाको सिन्डिकेट तोडिने || Nepal Times
Apr 29, 2026
Playing
Top 15 Afternoon News || April-29-2026 || Nepal Times
Apr 29, 2026
Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026
Playing
कर्मचारीका दुई सन्तानलाई सरकारले स्नातकसम्म पढाइदिने || Nepal Times
Apr 29, 2026
Playing
मेटाले चीनको मानुस किन्न खोज्दा बेजिंगले किन रोक्यो ?|| Nepal Times
Apr 29, 2026
Playing
युएईले ६० वर्षपछि छाड्यो ओपेक र ओपेक+,के अब तेलको मूल्य घट्नेछ ?|| Nepal Times
Apr 29, 2026
Playing
कोशीमा पनि सुकुम्बासी व्यवस्थापन गरिने, भत्काउनु अघि पहिचान गर्ने|| Nepal Times
Apr 29, 2026
Playing
आज भी*षण हा*वाहुरी, देशभर चट्या*ङसहित पानी पर्ने, यी प्रदेशमा ‘भारी वर्षा’|| Nepal Times
Apr 29, 2026
Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026

काँग्रेसले चार प्रदेशमा उम्मेदवारको नाम टुंगो लगायो

९ माघ २०७४

काठमाडौँ, माघ ९
नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट चार प्रदेशका उम्मेदवारको नाम टंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि जारी पार्टी पदाधिकारी बैठकले प्रदेश नं ४, ५, ६ र ७ मा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको पार्टी कार्यालयले जनाएको छ ।

बैठकले प्रदेश नं ४ मा सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा रानामगर (महिला), जीतबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपाङ्ग), प्रदेश नं ५ मा दुर्गाप्रसाद उपाध्याय (खुला), अनिता देवकोटा (महिला), मैकुलाल वाल्मीकी (दलित), लुटबहादुर खत्री (अपाङ्ग) लाई उम्मेदवार बनाएको हो ।

Advertisement
Advertisement

त्यस्तै काँग्रेसले प्रदेश नं ६ मा विष्णुबहादुर शाही (खुला), सूर्यदेवी मल्ल (महिला), सीताराम विक (दलित), गोपाल शर्मा (अपाङ्ग) लाई उम्मेदवार बनाएको छ । यसअघि पार्टीले सोमबार प्रदेश नं. ७ बाट बद्री पाण्डे (खुला), तारादेवी भट्ट (महिला), धर्मराज जोशी (अपांग), र शेरीराम पार्की (दलित)लाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

काँग्रेसले बाँकी प्रदेश नं १, २ र ३ मा पनि आजै पार्टीका उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिकाअनुसार आइतबार सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिसकेको छ ।

आयोगको तालिकाअनुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ ।

Advertisement

काँग्रेसले निर्वाचनमा विभिन्न प्रदेशमा फरक फरक दलसँग सहकार्यका लागि छलफल समेत जारी राखेको छ । काँग्रेसले निर्वाचनमा प्रदेश नं २ मा मधेस केन्द्रित दलसँग, प्रदेश नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा (प्रजातान्त्रिक) र विवेकशील साझा पार्टीसँग सहकार्य गर्ने संभावना छ ।
रासस

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top