भारतमा लोकसभा चुनाव अन्तर्गत आज आइतबार सातौँ तथा अन्तिम चरणको मतदान भइरहेको छ । यो चरणमा उत्तर प्रदेश, बिहार, पश्चिम बंगालसहित सात राज्य र केन्द्रसहित राज्यका ५९ सिटका लागि मतदान अहिले जारी छ । सातौँ चरण अन्तर्गत उत्तर प्रदेश र पञ्जाबका १३, विहार र मध्यप्रदेशका ८–८, पश्चिम बंगालका ९, हिमाञ्चल प्रदेशका ४, झारखण्डका ३ र केन्द्रसहित चण्डीगढको १ सिटमा मतदान भइरहेको हो । आइतबारको मतदानमा लगभग १० करोड मतदाताले ९०९ उमेदवारको भाग्यको फैसला गर्दैछन् । यो चरणमा सबैभन्दा बढी वाराणसीको चुनावलाई महत्वपूर्ण मानिएको छ । वाराणसीमा प्रधानमन्त्री नरेन्द्र मोदी बीजेपीका तर्फबाट उम्मेदवार छन् । मोदीको सामना सपाका शालिनी यादव र कांग्रेसका अजय रायले गर्दैछन् ।
यसैगरी उत्तर प्रदेशको गाजीपुर लोकसभा सिटमा केन्द्रीय मन्त्री मनोज सिन्हा चुनावी मैदानमा छन् । उनको सामना गठबन्धनका उम्मेदवार अफजाल अन्सारीले गरिरहेका छन् । भारतमा यसअघि ६ चरणका चुनाव भइसकेका छन् । मतपरिणाम मे २३ मा एकै पटक आउने बताइएको छ ।
भारतमा सातौँ चरणको लोकसभाको मतदान जारी
४ जेठ ७६, आइतबार
भर्खरको समाचार
भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी
नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी
हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?
दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?
अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी
‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म
अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय
बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…
प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?
अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार