विराटनगर क्षेत्रमा ६ लेनको काम बर्खा अघि नै सकिने

७ जेठ ७६, बुधबार

विराटनगरको रानी धरान ६ लेन सडक आयोजना अन्तर्गत विराटनगरको बरगाछीदेखि रोडशेष सम्मको सडकखण्डको कालोपत्रे गर्नेकाम बर्खा अगाडि नै सक्ने सहमति भएको छ ।

Advertisement

परियोजना अन्तर्गतका सडक र नालीको अनुगमनका क्रममा बर्खा अगाडि नै सक्ने सरोकारवालाहरुबीच सहमति भएको हो । विराटनगर महानगरका मेयर भीम पराजुली, समन्वयमा परियोजनाका प्रमुख बद्रीप्रसाद शर्मा , ठेकेदार कम्पनी टुन्डीरमणका सिभिल इन्जिनियर आनन्द ठाकुर,क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख भरत न्यौपाने,इन्जिनियर घनश्याम काफ्लेबीचको छलफलमा विराटनगर स्थित बरगाछीदेखि रोडशेष सम्मको भागमा बर्खा अगाडि नै कालोपत्रे गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको हो । यसका लागि दिन र रातको समयमा काम गर्ने ठेकेदार कम्पनी टुण्डीरमणका सिभिल इन्जिनियर आनन्द ठाकुरले बताए ।

सो क्रममा मेयर पराजुलीले सिक्सलेन आयोजनाको काममा भइरहेको ढिलासुस्तिले विराटनगरका सहायक मार्ग निर्माणमा समेत ढिलाइ भएको भन्दै तत्काल काम सक्न आग्रह गरेका थिए । यस्तै परियोजनाका प्रमुख बद्रीप्रसाद शर्माले विराटनगर रानी,इटहरी ,धरान सडक आयोजना अन्तरगत सडकका भागहरु खण्डिकरण गरी विभिन्न समयमा टेन्डर लागेकाले कामको प्रकृति ढिलो हुन गएको बताए ।

Advertisement

बर्खाको समय अगावै समस्याग्रस्त क्षेत्रमा द्रुतगतिमा काम गरिने शर्माले प्रतिबद्धता जनाएका थिए । सहमति अनुसार बुधबारदेखि नै तिवै रुपमा काम अगाडि बढाइने भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top