त्रिभुवन विश्वविद्यालय सेवा आयोग खारेज गर्न सिपी गजुरेलको माग

त्रिभुवन विश्वविद्यालय सेवा आयोग खारेज गर्न सिपी गजुरेलको माग

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । संयोजक गजुरेलले भ्रष्टाचारमा मुछिएको भन्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन् । बुधबार अखिल क्रान्तिकारीले सो सेवा आयोग खारेजको माग गर्दै जारी राखेको आयोगको कार्यालय मूलगेटको अनिश्चितकालीन धर्ना कार्यक्रमप्रति ऐक्यवद्धता जनाउन धर्नास्थल पुगेका उनले योग्यता र क्षमताको आधारमा भन्दा पनि राजनीतिक भागबण्डाको आधारमा परीक्षा लिनेलगायतका गलत काम गर्ने सो सेवा आयोग खारेज गर्नुको विकल्प नरहेको दावीसमेत गरे । अखिल क्रान्तिकारीले भ्रष्टाचार गरेकोलगायतका आरोप लगाउँदै गत सोमबारबाट सो आयोगको खारेजीको माग गर्दै अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेको हो । भर्ना कार्यक्रममा मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का युवा, प्राध्यापकलगायतका संगठनहरुले पनि ऐक्यवद्धता जनाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.