भारतमा फेरि बीजेपीको सरकार बन्ने !

भारतीय लोकसभा चुनावको मतगणना बिहीबार भईरहेको छ । कुल ५४३ लोकसभा सिट मध्ये ५४२ लोकसभा सिटका लागि १ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा चुनाव भएको थियो ।

गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यही मे १९ मा अन्तिम चरणमा मतदान सम्पन्न भएको हो । ५४२ सिटका लागि ८ हजार ४० जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । बिहीबार ८ हजार ४० उम्मेदवारको भाग्य फैसला हुँदैछ । कुल ५४३ सिट रहेको लोकसभामा बहुमत जित्न कुनै एक पार्टी वा गठबन्धनले कम्तीमा २७२ सिट जित्नुपर्नेछ । सन् २०१४ मा भाजपाले २८२ सिट जितेको थियो । यो वर्ष भारतको चुनावमा ९० करोड योग्य मतदाता थिए । मतगणना स्थानीय समय अनुसार बिहीबार बिहान ८ बजेदे िखजारी छ । जारी मतगणनामा सत्तारुढ दल भारतीय जनता पार्टीले पूर्ण बहुमत हासिल गर्ने संकेत देखिएको छ ।

मतगणनाको प्रारम्भिक परिणाममा भारतीय जनता पार्टीसहितको गठबन्धनले ३३४ भन्दा बढी सिटमा अग्रता लिएको छ । भारतीय जनता पार्टी एक्लैले २८५ सिटमा अग्रता लिइरहेको छ । भारतीय जनता पार्टीका चर्चित अनुहार प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो चुनाव क्षेत्रमा करिब ६९ हजार मतले अग्रता बनाएका छन ।

Advertisement

वाराणसी क्षेत्रबाट उम्मेदवारी दिनु भएका उहाँले ६९ हजार मतभन्दा बढीले अग्रता लिइसकेका छन । यस्तै उत्तर प्रदेशको अमेठीमा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई भारतीय जनता पार्टीकी नेतृ स्मृति इरानीले कडा टक्कर दिइरहेकी छन ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top