सिरहामा बस र ट्रक ठोक्किदा चालकसहित २ जनाको मृत्यु

९ जेठ ७६, शुक्रबार

बस र ट्रक ठोक्किँदा सिरहामा चालकसहित २ जनाको मृत्यु भएको छ । गएराति पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका – १० स्थित प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बस चालक भोजपुर निवासी ३५ बर्षीय हरि पहेली र झापा निबासी ४० बर्षीय मदन उप्रेती रहेको प्रहरीले जनाएको छ । ना ८ ख ९८२ नम्बरको प्राइम बस पूर्व झापाबाट काठमाण्डौं जादैँ गर्दा पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए । डीएसपी खनालकाअनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। घाइतेमध्ये १० जना गम्भीर रहेका छन् ।

एकजनाको घटनास्थलमै र अर्कोको उपचारको क्रममा मिर्चैयामा मृत्यु भएको डीएसपी खनालले बताए । सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा र गम्भीर घाइतेलाई विराटनगर ल्याइएको प्रहरीले जनाएको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top