३५ हजार घुससहित झापाबाट दुई कर्मचारी पक्राउ

३५ हजार घुससहित झापाबाट दुई कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले झापास्थित व्यवसायिक तथा सिप विकास तालिम केन्द्र भद्रपुरका प्रमुख समुन्द्र मण्डल र नायव सुब्बा राजकुमार धिमाललाई ३५ हजार घुसरकम सहित रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले सोमबार दिउँसो कार्यालयबाटै प्रमुख मण्डल र नासु धिमाललाई नियन्त्रणमा लिइएको जनाएको छ । केन्द्रले सञ्चालन गर्ने विभिन्न तालिमको लागि प्रशिक्षार्थीबाट प्रमुख र नासुले रकम माग गरेका थिए । पैसा मागेको सूचनाको आधारमा अख्तियारको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको अख्तियारका प्रहरीले जानकारी दिएका छन् । दुवैका बिषयमा थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय इटहरीले जनाएको छ । नियन्त्रणमा लिएका मण्डल र धिमाललाई अख्तियार कार्यालय इटहरी लगिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.