कोकिनका २४६ वटा प्याकेट निलेका जापानी नागरिकको हवाई यात्रामा मृत्यु

कोकिनका २४६ वटा प्याकेट निलेका जापानी नागरिकको हवाई यात्रामा मृत्यु

जेठ १४ ।
कोकिनका २४६ वटा प्याकेट निलेर हवाई यात्रा गरिरहेको अवस्थामा एक एक जापानी नागरिकको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार उदो एन नाम गरेका ती यात्रीको मेक्सिको सिटीबाट विमान उडेको केही समयमै मृत्यु भएको हो । उडानकै बीच ती यात्रीको स्वस्थ्य अवस्था गम्भिर भएपछि मेक्सिकोको सनोरा राज्यमा विमानलाई आपत्कालीन अवतरण गराइएको थियो भने सो विमान जापानको नारिता अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा शुरू गरेका उनले साढे दुई सेन्टिमिटर लम्बाइ र एक सेन्टिमिटर चौडाइका कोकिनका २४६ प्याकेट ती व्यक्तिको पेटमा पाइएको थियो । अत्यधिक लागुऔषधका कारण मस्तिष्कमा उत्पन्न समस्याबाट ती यात्रीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.