प्रधानमन्त्री ओली र समकक्षी मोदी बीच भेटवार्ता

१७ जेठ ७६, शुक्रबार
Share this
822shares

भारतमा लोकसभा निर्वाचन जितेर दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको सपथ समारोहमा पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीसँग भेटवार्ता गरेका छन् ।

Advertisement

बिहीबार नयाँ दिल्ली गएका प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार दिउँसो हैदरावाद हाउसमा भेटवार्ता भएको हो । शिष्टाचार भेटवार्तामा दुबै मुलुकका प्रधानमन्त्रीले द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ । भेटमा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन्।

भारतीय विदेश मन्त्रालयका अनुसार दुवै मुलुकको कुटनितिक सम्बन्ध अझै सुधारेर लैजनुपर्नेमा दुवै मुलुकका प्रधानमन्त्रीको जोड छ । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top