जेठ—२०, विराटनगर ।
अर्कना खातुन अन्नपूर्ण बेस क्याम्पसम्म आरोहण गर्ने नेपालको पहिलो मुस्लिम महिला बन्न पुगेकी छिन् । खातुन बारा जिल्लाकी हुन् । खातुन यही जेठ—१७ गते शुक्रबार तीन दिन लगाएर ४१३० मिटरमा रहेको एबिसी चढ्न सफल भएकी हुन् ।
हाइक फर नेपाल नामक संस्थाद्वारा आयोजित एबिसी हाइकिङबाट अर्कना हाइक गर्न गएकी थिइन् । जेठ २९ गते सेवइदेखि सुरु गरि सिनुवा २३०० मिटर, जेठ ३० गते सिनुवादेखि देउराली ३१०० मिटर र तेश्रो दिन देउरालीदेखि एबिसी ४१३० मिटरसम्म पुग्न सफल भइन् ।
एचएफएनले आयोजना गरेको हाइकिङमा ३० जना नेपाली र २ जना बिदेशी गरी जम्मा ३२ जनाको सहभागिता रहेको थियो । पहिलो पटक एबिसीसम्म ठूलो संख्यामा नेपालीहरू आरोहण गर्न सफल भएका हुन् ।