बलिउडकी लोकप्रिय गायिका नेहा कक्कड नेपाल आएकी छिन् । सनिबार आयोजना हुने कन्सर्टको लागी नेहा शुक्रबार नेपाल आइपुगेकी हुन् । नेहाले काठमाण्डौको एल ओडि क्लबमा आयोजना हुने लाईभ कन्सर्टमा आफ्नो प्रस्तुती दिँदै छिन् । नेपालमा नेहाका फ्यानहरु लाखौँको सङ्ख्यामा रहेका छन् । उनि पहिलो पटक नेपालमा कन्सर्टमा प्रस्तुती दिँदै छिन् । बेलुकीको सात बजेदेखी एल ओडि क्लबमा सुरु हुने कन्सर्टका लागी अन्तिम तयारी भैसकेको छ । कभर गीतहरुबाट चर्चाको शिखरमा पुगेकी नेहा यती बेला अन्त्यन्तै व्यस्त गायिका बनेकी छिन् ।