कृषि क्षेत्रमा बजेट कम भएको भन्दै चक्रपाणी खनालको असन्तुष्टि

२५ जेठ ७६, आइतबार

२६ जेष्ठ, २०७६

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा बजेट कम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको बजेट कम भएको भन्दै मन्त्री खनालले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले बजेट कम भएकै कारण चालू आर्थिक वर्षमा पनि किसानहरुको माग अनुसार मलको आपूर्ति गर्न नसकिएको पनि स्पष्ट पारे । आईतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले किसान पेन्सन कार्यक्रम बजेटमा समावेश नगरिएको गुनासो पनि गरेका छन् ।

Advertisement

‘किसान बर्गीकरण कार्यक्रम अन्तरगत किसानलाई पेन्सन दिने प्रस्ताव गरिएको थियो’, मन्त्री खनालको भनाई थियो, ‘तर त्यसलाई बजेट वक्तव्यमा समावेश गरिएन ।’

मन्त्री खनालले सरकारले आगामी २ वर्ष भित्र दुध, माछा र खसी, बोकामा मुलुकलाई आत्मनिर्भर बनाउने गरी आवश्यक कार्यक्रम तय गरिएको दावी पनि गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top