विद्यार्थीहरुमा भएको अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले प्याब्सन विराटनगरको आयोजनामा विराटनगरमा ‘प्याब्सन आँगन’ प्रतियोगितामा हुने भएको छ । ‘प्याब्सन आगन’ मा एकल नृत्य र एकल गायन समावेश गरिएको छ ।
प्याब्सन विराटनगरले आज पत्रकार सम्मेलन गरि प्याब्सन आँगनको अडिसन राउण्ड यही जेठ ३२ गतेबाट सुरू हुने जानकारी गराएको छ । विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूको अन्तर निहित कलालाई प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरूले यो प्रतियोगितामा भाग लिन पाउने प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राइले जानकारी दिए । तीन चरणको अडिसन राउण्ड पुरा गरेपछि प्रतियोगि फाइनलमा पुग्नेछन् । दुवै विधातर्फको सेमिफाइनलसम्म २५÷२५ जना छनौट गरि फाइलनमा १०÷१० जना पुग्नेछन् ।
प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । एकल नृत्य र एकल गायन दुवै विधाका विजेताले नगद र ट्रफि प्राप्त गर्नेछन् । अन्य उपबिजेता हुने ९ जना प्रतियोगिले ट्रफि तथा पुरस्कार पाउने अध्यक्ष राईले बताए । प्रतियोगितामा विराटनगर, बुढीगंगा र ग्रामथान गाउँपालिकामा रहेका ६० सदस्य विद्यालयहरूबाट करिब ३ सय भन्दा बढि विद्यार्थीहरुले भाग लिने प्याब्सन विराटनगरका सचिब अर्जुन श्रेष्ठले जानकारी दिए । उक्त प्रतियोगिताको फाइनल विराटनगरमा साउन २४ गते हुनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख ९५ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।