×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

२७ जेष्ठ २०७६

२७ जेष्ठ, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी सम्बन्धी विधेयकको विरोधमा राजधानीको माईतीघर मण्डलामा भएको प्रहरी धरपकडको विरोध गर्दै संसद बैठक अवरुद्ध गरेको छ ।

Advertisement
Advertisement

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माईतीघर मण्डलामा भएको प्रहरी दमनको भत्र्सना गर्दै सो बारे गृहमन्त्रीको जवाफ माग गरेको हो । भुमिसुधार मन्त्रीको जवाफ पछि पनि कांग्रेस सांसदहरुले आईतबार माईतिघर मण्डलामा प्रर्दशनकारी माथि भएको धरपकड बारे गृहमन्त्रीको जवाफ माग गर्दे अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले शान्तिपुर्ण रुपमा भेला भएका आम नागरिक माथि वर्वरतापुर्ण आक्रमण गरेको भन्दै सो कार्यको भत्र्सना गरे । संविधानले धर्म संस्कृति र परम्पराको संरक्षण गर्ने प्रतिवद्धता जाहेर गरेको स्मरण गर्दै उनले गुठी सम्बन्धी विधयेकले धर्म संस्कृति परम्परा र सम्पदामाथि गम्भीर प्रहार गरेको दाबी गरे । उनले गुठीयारहरुले राजधानी काठमाण्डौको माईतीघरमा सरकारको ध्यानाकर्षणका लागि शान्तिपुर्ण रुपमा विरोध जुलश गर्दा प्रहरीले धरपकड गर्ने काम गरेको भन्दै उनले सो कार्यको विरोध गरे । उनले सरकारले विदेशी धर्मप्रचारको टोपी लगाएर नेपाली धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम गरेको आरोप पनि लगाएका छन् । उनले भने, “धर्म प्रचार विश्वविद्यालयले पिएचडीको टोपी लगाईदिन्छ । धर्म प्रचारकको टोपी लगाएर नेपालको पुरातन, सनातन धर्म संस्कृतिमाथि सरकारले प्रहार गर्दछ । यो घोर आपत्तीजनक छ । ”

उनले सरकारले संविधानको मर्म विपरित विधेयकहरु ल्याउने काम गरिरहेको दाबी गरे । उनले भने, “सभामुख महोदय, संविधान विपरत विधेयकहरु बारम्बार सदनमा किन प्रवेश गराउन खोजिन्छ ? संविधानको गम्भीरतापुर्वक अध्ययन गरियोस् । संविधानलाई स्वामित्वमा लिएका राजनीतिक शक्तिहरुले , दलहरुले यो संविधानको पालना र रक्षा गर्नुपर्दैन? झन संविधानको पालना गर्नुपर्ने, रक्षा गर्नुपर्ने सरकार नै सविधान उलंघनमा छ । यो घोर आपत्ती जनक छ । पछिल्ला विधेयकहरु संविधानले प्रदत्त गरेका हक अधिकारलाई कुण्ठित गर्ने मनसायबाट ल्याईएको छ । यो चाही घोर आपत्तीजनक छ ।”

सरकारले धर्म संस्कृति, परम्परा र गुठीको अस्तित्वलाई नै सपाप्त पार्ने ढंगले गैह्उत्तरदायी ढंगले गुठी सम्बन्धी विधेयक अगाडि बढेको भन्दै उनले घोर आपत्ती जनाए । लगत्तै सभामुखले सत्तापक्षका सांसद पम्फा भुसाललाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले नियमापत्ति गरेका थिए । आफुहरुको विरोधका बाबजुत सत्तापक्षका सांसदलाई बोल्नका लागि समय दिएपछि कांग्रेस सांसदहरुले नियमापत्ति गर्दै सभामुखको कार्यशैलीको विरोध गरेका हुन् । सांसद भुसालले पनि गुठि सम्बन्धी विधेयक र गुठीयारको प्रर्दशनमा भएको धरपकडको विरोध गरेका थिए ।

लगत्तै बोलेका कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रमुख प्रतिपक्षीले विरोध गरिरहेका बेला सत्तापक्षका सांसदलाई बोल्न दिएकोमा गम्भीर आपत्ती जनाए । उनले भने, “सरकारको के हो धारणा ? सरकारको धारणा हामीलाई चाहियो । यो गम्भीर आपत्तीजनक छ । यो नियमावलिको उलंघन हो ।”

Advertisement
Advertisement

सभामुख कृष्ण महाराले मंगलबारको प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको जानकारी गराउने वित्तिकै कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुखले प्रमुख सचेतक खाँडलाई बोल्नका लागि समय दिएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top