काठमाडौं , माघ ११
प्रधानमन्त्री एवम् नेपाली कांग्रसका सभापति शेरबहादुर दाउवालाई नेपाली सिमा मिचिएको विषयमा विद्यार्थीको एक टोलिले ध्यानाकबर्षण गराएको छ ।
पर्साको छपकैयामा भारतद्धारा सीमा मिचिएको बारे विद्यार्थीहरुको टोलीले प्रधानमन्त्री देउवाको ध्यानाककर्षण गराएका हुन् । विद्यार्थीहरुको टोलिलाई भेट्दै प्रधानमन्त्री देउवाले एक इन्च पनि नेपाली भूमी भारतलाई नछोड्ने जवाफ दिएका छन् ।
अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले स्थलगत अवलोकोन पश्चात सुझावसहित तयार पारेको प्रतिवेदन बुझाएपछी प्रधानमन्त्रीले दउवाले कुनै हालतमा नेपाली भुमि मिचिन नदिने जवाफ दिएको बताए ।
आफूहरुले प्रतिवेदनमा दीर्घकालीन समस्या समाधानका लागि प्रधानमन्त्री देउवालाई सिमानामा काँडेतार लगाउन सुझाव दिएको महासचिव अधिकारीले जानकारी दिए ।
अखिल क्रान्तिकारीका अध्यक्ष रंजित तामाङ र अनेरास्ववियुका अध्यक्ष र नविना लामा नेतृत्वको संयुक्त टोली केही दिन अघि सीमा मिचिएको पर्साको छपकैयामा पुगेर प्रतिवेदन तयार पारेको थियो ।
उनीहरुले बुधबार सीमा विद्हरुसँग पनि छलफल गरेका थिए । स्थलगत अवलोकन र छलफललाई आधार बनाएर तयार पारिएको प्रतिवेदन उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्रीदेउवालाई बुझाएका हुन् ।