विराटनगर : दुई पेस्तोल र आठ राउण्ड गोलीसहित प्रहरीले विराटनगर महानगरपालिका-९ बाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत सीतामणि घर बताउने २२ वर्षीय कुनालकुमार सिंहलाई सोमबार राति ८ : ३० बजे पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।
उनकै साथबाट कटुवा पेस्तोल थान-१, पेस्तोलमा लोड भएको गोली १ राउण्ड र उनको पाइन्टको गोजीमा ३ राउण्ड गोली भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
[addthis tool="addthis_inline_share_toolbox_jbtm"]