×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मानव अधिकारको पूर्ण अनुभूति गर्न नसकेको सरोकारवालाहरुको गुनासो

२९ जेष्ठ २०७६

२९ जेठ, विराटनगर । मानव अधिकार रक्षाका लागि कानुन निर्माण तथा आयोगको स्थापना भएपनि आम जनताले मानव अधिकारको पूर्ण अनुभुति गर्न नसकेको सरोकारवालाहरुले वताएका छन् ।

पाचौं मानवअधिकार राष्ट्रिय कार्ययोजनामा स्थानियको सुझाव लिने उदेश्यले प्रदेश नम्बर १ मा आज आयोजना गरिएको मानव अधिकार राष्ट्रिय कार्ययोजनाको मस्यौदा माथि सुझाव तथा छलफल कार्यक्रमका सहभागीहरुले शिक्षा , स्वास्थ्य, रोजगारी तथा विकास निर्माणमा मानव अधिकारको पूर्ण प्रत्याभूति हुने गरी योजना ल्याउनुपर्ने सुझाव दिएका छन ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले विराटनगरमा गरेको कार्यक्रममा सहभागीहरुले ऐनलाई कार्यान्वयन गर्न नियमावली पनि आउनुुपर्नेमा जोड दिएका थिए ।

Advertisement
Advertisement

कार्यक्रममा वोल्दै प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले मानव अधिकारको प्रत्याभूतिका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको वताए । मन्त्री कार्कीले न्याय सम्पादन , सरकारी सेवामा आएका सवै सुझावलाई समेटेर पाचौं मानवअधिकार कार्ययोजनालाई थप प्रभावकारी वनाउनुपर्ने समेत जोड दिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव डिल्लिराम घिमिरेले सवैको सल्लाह र सुझावलाई समेटेर कार्ययोजनालाई थप प्रभावकारी वनाइने वताए । कार्यालयका सह–सचिव पोषणचन्द सुवेदीले कार्य योजनाको उद्देश्य माथि प्रकाश पारेका थिए । चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको समय अवधि यहि असार मसान्तमा सकिने भएकाले पाचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना २०७६÷०७७ देखि २०८१÷०८२ सम्म योजना कार्यान्वयमा आउने छ ।

Advertisement

कार्यक्रममा मानव अधिकार सम्वन्धि विभिन्न संघसंस्थाका प्रमुख सुरक्षा निकाय प्रमुख , प्रमुख जिल्ला अधिकारी, सरकारी कार्यालयका प्रमुख तथा कानुन व्यवसायी तथा वुद्धिजिविहरुले सुझाव दिएका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top