न्यूरो हस्पिटलको मेडिकल डाइरेक्टरमा डा.रोका

३० जेठ ७६, बिहीबार

३० जेठ, विराटनगर ।न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको बोर्ड अर्फ डाइरेक्टर अन्तर्गत मेडिकल डाइरेक्टरमा डा. यमबहादुर रोका नियुक्त भएका छन् । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा बिगत १० बर्षदेखि कार्यरत बरिष्ठ न्यूरो सर्जज डा. रोकालाई एक कार्यक्रमका बिच हस्पिटल संचालक बरिष्ठ न्यूरोलोजिष्ट डा बिरेन्द्रकुमार बिष्टले मेडिकल डाइरेक्टरमा नियुक्त गरेका हुन्।

Advertisement

हस्पिटलको सभाकक्षमा आयोजित कार्यक्रममा हस्पिटलका संचालक डा. बिष्टले , पूर्वी भेगमा पहिलो न्यूरो सर्जन डा रोकाले एक दशक भन्दा लामो समयदेखि न्यूरो सर्जरीको क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै मेडिकल डाइरेक्टरमा नियुक्त गरिएको बताए । सोही अवसरमा नवनियुक्त मेडिकल डाइरेक्टर तथा बरिष्ठ न्यूरो सर्जन डा. रोकाले मेडिकल डाइरेक्टर जस्तो गरिमामय पदमा नियुक्त गरेकोमा हस्पिटल प्रति कृतज्ञता व्यक्त गरे ।

उनले उक्त पदले हस्पिटल प्रति थप जिम्मेवारि बढाएको बताए । यसअघि हस्पिटलको बोर्ड अफ डाइरेक्टरमा हस्पिटलका संचालक डा. बिष्ट , कार्यकारी निर्देशक अनिषा विष्ट , अपरेशनल डाइरेक्टर राजेश भट्टराई र हस्पिटल डाइरेक्टर ई. रंजित राज बस्नेत थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top