दमकमा पनि डेंगु भेटियो

३०  जेष्ठ, २०७६ दमक । सुनसरीको धरानमा महामारीका रुपमा फैलिइएको डेंगु झापाको दमकमा पनि देखिएको छ ।यसअघि झापामा तीन वर्षअघि महामारीको रूपमा डेंगु देखिएको थियो ।

Advertisement

संक्रमण देखिएका दमकका २ जनाको दमक अस्पतालमा उपचार भइरहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन्।

डेंगु अन्यत्र फैलन नदिन जनचेतनामूलक कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ। जनचेतनामूलक कार्यक्रमअन्तर्गत डेंगुबाट बच्ने उपायबारे टोल टोलमा पुगेर जानकारी गराउने क्रम जारी रहेको अर्यालले बताए। यस्तै, लामखुट्टेको टोकाइबाट फैलने डेंगुको स्रोत नै नष्ट गर्ने कार्यक्रमअनुसार लार्भा खोज्ने र नष्ट गर्ने क्रमसमेत चलिरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top