पाटनमा गुठी विधेयकविरुद्ध मशाल जुलुस( फोटो फिचरसहित)

पाटनमा गुठी विधेयकविरुद्ध मशाल जुलुस( फोटो फिचरसहित)

३२ जेठ, काठमाडौं । गुठी विधेयकको खारेजीको माग गर्दै ललितपुरमा मशाल जुलूस निकालिएको छ ।

मंगलबजारबाट शुक्रबारराति सुरु भएको मशाल जुलूस महापाल, प्यंगथाः, पिम्बहाल हुँदै भित्री शहरी क्षेत्र घुमेको थियो । स्थानीय नेवार समूदायले आफूहरुको घरजग्गा नै हडप्नेगरी सो विधेयक सरकारले ल्याएको भन्दै मशाल जुलूस निकालेका हुन् ।

सरकारले प्राचीन गुठी चल्न नदिने र धर्म संस्कृति नष्ट गर्ने नियतले विधेयक ल्याइएको भन्दै उनीहरु केहि दिन यता विरोध प्रदर्शन पनि गर्दै आएका छन । विद्ययेक अहिले संसदीय समितिमा विचाराधीन छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.