मोरङका सन्थाल मन्झीहरुलाई सबलिकरण तालिम

३१ जेठ ७६, शनिबार

३२ जेठ, विराटनगर। सन्थाल समुदायमा समाज ब्यवस्थापकको रुपमा रहेका मन्झी परानिकहरुलाई सबलिकरण गर्न थालिएको छ । सो समुदायको बहुसंख्यक बसोबास रहेको मोरंङको जहदा गांउपालिका–७ मा समाज ब्यवस्थापकको रुपमा रहेका मन्झीहरुलाई सबलिकरणगर्न शसक्तिकरण तालिम आयोजना गरिएको छ ।

वडानम्बर ५ स्थित दुर्गा माध्यमिक विद्यालय परिसरमा आयोजना गरिएको तालिममा वडानम्बर ७ का ३ दर्जन बढी महिला तथा पुरुष मन्झीहरुको सहभागिता थियो । उनिहरुलाई अधिवक्ता राजकुमार राजवंशीसहित भारतको झारखण्डबाट आमन्त्रण गरिएका सन्थाल भाषा तथा संस्कृतिबिद ज्ञानरंजन मुर्मु,दुर्गाचरण मुर्मु,मित्रई मुर्मु र जदुनाथ मरण्डीले प्रशिक्षण दिएका थिए । कार्यक्रमका सहभागिलाई बालबिवाह,बहुबिवाह,बोक्सी प्रथा,दाइजो प्रथाका साथै स्थानिय तहमा छिनोफानो गर्न मिल्ने र नमिल्ने मुद्धाहरुको कानुनी ब्यवस्थाका बिषयमा जानकारी गराइएको थियो ।

यस्तै सन्थाली लिपी र भाषा संरक्षणका बिषयमा समेत उनिहरुलाई जागरुक बनाइएको थियो । मंझीका सदस्यहरुलाई समयसापेक्ष कानुनी र भाषिक ज्ञान दिन प्रशिक्षण आयोजना गरिएको जहदा गांउपालिका ७ का वडाध्यक्ष भगवानलाल बेस्राले बताए । सन्थाल समाजलाई ब्यवस्थितगर्न गांउका प्रत्येक टोलहरुमा परम्परागतरुपमा ७ सदस्यीय मन्झी परानिक गठनगर्ने चलन रहेको छ । २०६८ को जनगणना अनुसार जहदा गांउपालिकामा सन्थाल समुदायको ४१ हजार बढी जनसंख्या रहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top