श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलिया शीर्ष स्थानमा

श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलिया शीर्ष स्थानमा

असार १, २०७६ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले चौंथो जित निकालेको छ। लण्डनमा शनिबार भएको खेलमा श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलियाले चौंथो जित निकालेको हो। केनिङटन मैदानमा अष्ट्रेलियाले दिएको ३३५ रनको फराकिलो लक्ष्य पछ्याएको श्रीलंका ४५ ओभर ५ बलमा अलआउट हुँदै २४७ रनमा समेटियो।

कप्तान दिमुथ करुणारत्नेले सर्वाधिक ९७ रनको योगदान दिएपनि अन्य खेलाडीको साथ नपाउँदा टोलीको हार टार्न सकेनन् । ३३ ओभरको पहिलो बलमा केन रिचड्सनले ग्लेन म्याक्सवेलबाट क्याच आउट गराएपछि उनी आफ्नो वान डे करियरको पहिलो शतक पुरा गर्न मात्रै ३ रनले चुकेका थिए । उनले १ सय ८ बलमा ९ चौका प्रहार गरे ।

पहिलो विकेटका कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले १५.३ ओभरमा १ सय १५ रनको उत्कृष्ट साझेदारी गदैं राम्रो सुरुवात दिलाएपनि अन्य खेलाडीले त्यसलाई निरन्तरता दिन नसक्दा श्रीलंका पराजित हुन पुगेको हो । तर मिचेल स्टार्कले परेरालाई ५२ रनमा बोल्ड आउट पेभिलिएन फर्काएपछि अष्ट्रेलिया खेलमा फर्किएको थियो । परेराले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.