×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026

हिसान स्पोर्टस् मिटमा आठ कलेज विजयी भइ दोस्रो चरणमा

११ माघ २०७४

विराटनगर, माघ ११
विराटनगरमा जारी ८ औं हिसानस्पोर्टस् मिटमा बिहीबार भएको विभिन्न खेलमा आठ वटा कलेजहरु विजयी भइ दोस्रो चरणमा प्रवेश गरेका छन् । हिसान मोरङको आयोजनामा विराटनगरमा भएको फुटबलमा उर्लाबारीमा रहेको नेपाल दर्शन, विराटनगरमा रहेको दिल्ली पब्लिक, लर्डबुद्ध र पुरुष भलिबलमा विराटनगरको कन्तिपुर, लर्डबुद्ध, तथा महिला भलिबलमा पथरीमा रहेको रेडस्टार, क्रिकेटतर्फ शिक्षादीप र भानु कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो ।

शहिद रङगशाला विरनटनगरमा बिहीबार भएको फुटबलमा विराट भेक्टोरियालाई ७–० गोल अन्तरले पराजित गरी नेपाल दर्शन कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो । जितको लागि नेपाल र्दशनको तर्फबाट दिपेश थापाले चार गोल, रोबट घिमिरेले दुई गोल र सन्जिव गुरुङले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच ४ गोल गर्ने थापा घोषित भए ।

Advertisement

सोही दिन भएको दोस्रो खेलमा एभरेष्टलाई २–० गोल अन्तरले पराजित गरी दिल्ली पब्लिक स्कूल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । जितको लागि बिवेक तिम्सिनाले पहिलो हाफको ११ र दोस्रो हाफको १९ मिनेटमा दुई गोल गरी टिमको जित सुनिश्चत गरे । खेलको म्यान अफ द म्याच डिपियसका तिम्सिना घोषित भए ।

यस्तै तेस्रो खेलमा शिक्षादीपलाई ३–० गोलले पराजित गरी लर्डबुद्ध कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । जितको लागि अजय कार्की खेलको ९ औ मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाए । २८ औ मिनटमा लर्डबुद्धका बिनेस तुलाधार र दोस्रो हाफको १९ औ मिनेटमा जीवन लिम्बुले १ गोल गरी टिमको जित सुनिश्चत गरे । खेलको म्यान अफ द म्याच बिनेस तुलाधार घोषित भए ।

विराटनगरको कोशी कलेजको खेलमैदानमा पुरुषतर्फको भेलिबलमा पथरीको रेडस्टारलाई २५–२०, २५–१८ को सोझो सेटले पराजित गरी कान्तिपुर विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो । सोही दिन भएको पुरुषतर्फकै भलिबलमा दिल्ली पब्लिकलाई लर्डबुद्ध कलेजले पराजित गरी लर्डबुद्ध दोस्रो चरणमा परेको गरेको छ । लर्डबुद्धले १५–२५, २५–१६ र २५–१३ को सेटले पराजित गरी विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो ।

महिलातर्फको भलिबलमा ग्रिनल्याण्डलाई २५–६, २५–१७ को सेटले पराजित गरी पथरीमा रहेको रेडस्टार विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । त्यसैगरी, क्रिकेटतर्फ शिक्षादीप र भानु कलेज विजयी भएका छन् ।

पहिलो खेलमा भानुमेमोरिय कलेजले ग्रिनल्यान्ड कलेजलाई ४ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवशे गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको भानुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो । जसमा गौरव लाभले ३८ र महमद हकले २८ रन बनाए । बलिङमा ग्रिनल्यान्डका जुनालु हकले २ र अनिल यादवले १ विकेट लिए ।

१ सय २६ रनको विजय लक्ष्य लिइ मैदानमा आएको ग्रिनल्यान्डले निर्धारित ओभर खेल्दै सबै विकेट गुमाइ १ सय २१ रनमा समेटियो । जसमा विन्साल राजवंशीले ४१ र अनिल यादवले १३ रन बनाए । बलिङमा भानुका म्यान अफ द म्याच नविन यादवले ५ र नितिश शिवाकोटीले २ विकेट लिए ।

त्यस्तै दोस्रो खेलमा शिक्षादीप कलेजले अरनिको कलेजलाई ४ रनले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको शिक्षादीपले १६ ओभर १ बलमा सबै विकेट गुमाउँदै ७६ रन बनायो । जसमा राजन मगरले १९ र रेवती यादवले १६ रन बनाए । बलिङमा अरनिकोका प्रशान्त पोखरेलले ५ र अविज्ञान यादवले २ विकेट लिए ।

Advertisement

अरनिको कलेजले पाएको ७७ रनको विजयी लक्ष्य भेटाउने क्रममा १८ ओभर ४ बल खेल्दै सबै विकेट गुमाउँदै ७२ रनमै समेटियो । जसमा कृपेश घिमिरेले १९ र उसन कार्कीले १४ रन बनाए । बलिङमा सुमन दासले ३, रेवती यादव र अनुज यादवले २–२ विकेट लिए । म्यान अफ द म्याच अरनिकोका प्रशान्त पोखरेल भए ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top