श्रमिक संघ मोरंगको परिषद बैठक सम्पन्न

श्रमिक संघ मोरंगको परिषद बैठक सम्पन्न

७ अषाढ, विराटनगर ।

इम्ब्रोइडरी ह्याण्डीक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघ मोरंगको परिषद बैठक सम्पन्न भएको छ ।

विराटनगर–७ सरौचियास्थित मदरसा सहबाजिया परिसरमा कार्यक्रमको आयोजनागर्दै संघको पहिलो बार्षिक परिषद बैठक सम्पन्न भएको हो । संघको अधिवेशनपछि पहिलो बैठक सम्पनन भएको इम्ब्रोइडरी ह्याण्डीक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघ मोरंगका अध्यक्ष शहबाज हकले जानकारी दिए । उनले परिषद बैठकमा एकबर्षे अवधिमा गरिएका कामको समिक्षा गर्नुका साथै आगमी कार्यनिति तय गरिएको बताए ।

सो अवसरमा ट्रेड युनियन कांग्रेसका नारायणबाबु कार्की,सुशिल कोइराला,आयोजक संस्थाका प्रदेश अध्यक्ष मोहम्मद अफजल हुसैन गुल्जार र महिला अगुवा मदिना खातुनले श्रमिकलाई हेर्ने दृ्ष्टिकोणमा परिर्वतन आवश्यक रहेको बताए । उनिहरुले श्रमिकको श्रमको सम्मान नगरेसम्म आर्थिक क्रान्ति सम्भव नरहेको विचार ब्यक्त गरका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.