बिराट गोल्डकप ट्रष्टमा बाँनिया

बिराट गोल्डकप ट्रष्टमा बाँनिया

७ असार, विराटनगर ।
बिराट गोल्डकप ट्रष्टको अध्यक्षमा सन्तोष बाँनिया निर्विरोध निर्वाचित भएका छन् । बिराटनगरमा शनिबार आयोजित ट्रष्टको आठौं साधारणसभाबाट पूर्व राष्ट्रिय फुटबल खेलाडी एवं प्रशिक्षक बाँनिया आउँदो तीनवर्षको लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । निर्वाचित भएसंगै अध्यक्ष बाँनियाले फुटबलको तितोमिठो भुलेर एक भएर काम गर्ने प्रतिवद्धता जाहेर गरे।

त्यसैगरि ट्रष्टका पूर्व अध्यक्ष शिवभक्त जोशीले गोल्डकप आयोजनाका क्रममा धेरै बाधा चुनौति आएको उल्लेख गरे । कार्यक्रममा प्रमुख अतिथि महानगरका मेयर भीम पराजुलीले विराट गोल्डकपको निरन्तरताका लागि आव्हान गरेका थिए।

उनले गोल्डकपका लागि उपलब्ध गराउँदै आएको ११ लाख रुपैया निरन्तर रहने पनि बताए। त्यसैगरि गत पाँचौ संस्करणमा पहिलोपटक रात्रीकालिन प्रतियोगिता गराएका उद्योगी नवीन रिजालपनि नयाँ कार्यसमितिले अवसर दिए आफू आउँदो संस्करण आयोजनाका लागि तयार रहेको बताए ।

ट्रष्टमा कुल ५१ सदस्यीय रहेका छन् । नवनिर्वाचित अध्यक्ष बाँनियाले ट्रष्टका पदाधिकारीहरुको चयन चाडै हुने बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.