विश्वकप क्रिकेट : भारतले अफगानिस्तानलाई दियो २२५ रनको लक्ष्य

विश्वकप क्रिकेट : भारतले अफगानिस्तानलाई दियो २२५ रनको लक्ष्य

एजेन्सी, असार ७
जारी विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई २ सय २५ रनको लक्ष्य दिएको छ । साउथ ह्याम्पटनमा टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन मात्र बनाउन सक्यो ।

भारतको सुरुवाती प्रदर्शन खराब रह्यो । ७ रन हुँदा भरपर्दा ब्याट्सम्यान रोशिच शर्मालाई मुजिब उर रहमानले बोल्ड गरेका थिए । त्यसपछि दबावमा आएको भारतका कुनै पनि ब्याट्सम्यानलाई अफगान बलरहरुले खुलेर खेल्न दिएनन् ।

भारतका लागि केएल राहुलसँग मिलेर पारी सम्हाल्ने कोसिस गरेका  कप्तान विरोट कोहली व्यक्तिगत ६७ रनमा आउट भए । कोहलीसँग ५७ रनको साझेदारी गरेका राहुल ३० रनमा आउट भए ।

विजय शंकरले पनि कोहलीलाई राम्रै साथ दिएका थिए । ५८ रनको साझेदारी गरेका उनी २९ रनमा आउट भए । चौथो विकेटका रुपमा कोहली ६७ रनमा आउट हुँदा भारतको स्कोर १३५ रन थियो ।

एमएस धोनी र केदार जादवले भारतीय पारी सम्हाल्ने प्रयास गरे । धानी २८ रनमा आउट भए भने जाधव ५२ रनमा आउट भए ।हार्दिक पाण्डेय ७ र मोहम्मद सामी मात्र १ रनमा आउट भए । अफगानिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.