मनमोहन स्मृति पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालय बनाउन १६ करोड ५० लाख

मनमोहन स्मृति पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालय बनाउन १६ करोड ५० लाख

विराटनगर : प्रदेश नम्बर १ सरकारले मनमोहन स्मृति पोलिटेक्निकलाई ‘प्रादेशिक प्राविधिक विश्वविद्यालय ’ बनाउने भएको छ । त्यसका लागी आगामी आर्थिक वर्षको बजेटमा १६ करोड पचास लाख विनियोजन गरेको छ ।

प्रदेश सरकारले गत आईतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा मोरङ जिल्लालाई आथिृक समृद्धि र रोजगार वृद्धि लगायतका कार्यमा विशेष जोड दिएको छ । जस अनुसार मोरङको बुढिगंगा– ४ स्थित सो पोलिटेक्निकलाई ‘प्रादेशिक प्राविधिक विश्वविद्यालय ’ का रुपमा स्तरोन्नती गर्न लागेको हो ।

प्राविधिक विश्वविद्यालय सञ्चालनमा आएपछि प्राविधिक तथा सीपमुलक शिक्षाको अभावमा यस क्षेत्रका विद्यार्थी अन्यत्र भौतारिनु पर्ने तथा भारत एवम् तेस्रो देश जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिईएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.