८ असार, विराटनगर।
परिवर्तनका लागी हातेमालो कटहरी शाखाले स्थापनाको २३ औँ हप्तामा सचेतना मुलक चित्र तथा क्रसिङ निर्माण गरेको छ ।
हातेमालोले शनिबार कटहरी–४ जामुगाछी स्थित जामिया स्लामिया अधारभुत विद्यालय(मदरसा) अगाडि सचेतना मुलक चित्र बनाउनुका साथै जेब्रा क्रसिङ निर्माण गरेको संस्थाकी उपाध्यक्ष स्वेता कामतले जानकारी दिईन् ।
सो संस्थाका अभियान्ताहरुले सडकमा जेब्रा क्रसिङ बनाएका थिए भने सचेतनाका लागी ‘सानो परिवार सुखी परिवार ’,‘छोरी पढाउ छोरी बचाउ’ लगायत लेखिएका सांकेतिक चित्रहरु बनाएका थिए ।

अहिले को समयमा सुखी परिवार र छोराछोरीलाई राम्रो शिक्षा दिनलाई सानो परिवार बनाउन जरुरी रहेको संस्थाका अध्यक्ष संजित शाहले बताए । उनले समाजका लागि राम्रो गर्ने जोसुकै सँग पनि आफुहरु मिलेर अघि बढ्न तयार रहेको प्रष्ट पारे ।
हातेमालोले स्थापना देखि नै सरसफाई तथा विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।

