हिन्दी चलचित्र पद्मावतीका कारण भारतका धेरै ठाउँमा हिंसाका घटना

हिन्दी चलचित्र पद्मावतीका कारण भारतका धेरै ठाउँमा हिंसाका घटना

एजेन्सी, माघ १२
बिहिबारदेखि प्रदर्शनमा आएको हिन्दी चलचित्र पद्मावतीका कारण भारतका धेरै ठाउँमा हिंसाका घटना भएका छन् । सञ्जयलिला भन्सालीको निर्माण तथा दीपिका पादुकोण र रणविर सिंहको मुख्य अभिनय रहेको फिल्ममा राजपुत जातकी हिन्दु रानी पद्मीनीको एक मुस्लिम समुदायका युवकसँगको प्रेमलाई देखाइएको छ ।

विरोधको नेतृत्व भारतीय हिन्दु समर्थक राजपुत करणी सेनाले गरिरहेको छ । फिल्मले रानीको अपमान गरेको र रानीलाई उत्ताउलो बनाइदिएको भन्दै विरोध भएको छ ।

भारतका विभिन्न सहरमा गाडी र पसलमा तोडफोड भएको छ । केही शहरमा स्कुल र सरकारी कार्यालय पनि बन्द गराइएको छ । राजस्थान, मध्यप्रदेश, गुजरात र गोवा राज्यमा फिल्म प्रदर्शन भएको छैन भने फिल्म प्रदर्शन भएका राज्यका सिनेमा हल बाहिर धेरै सुरक्षाकर्मी खटाइएको छ ।

फिल्मको पदर्शन रोक्न माग गर्दै अदालतमा मुद्दा हालिएको थियो तर सर्वोच्च अदालतले फिल्म रोक्नुपर्ने कुनै कारण नभएको भन्दै फिल्म रिलिजको आदेश दिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.