अवार्ड तथा विभिन्न सम्मान प्रदान गरिने

११ माघ ७४, शुक्रबार

पोखरा, माघ १२
चाहाना मिडिया प्रालिले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ५१ हजार १ सय ११ रुपैयाँसहित लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ ।

सो अवार्ड आगामी २०७५ साल वैशाख १५ गते प्रदान गरिने छ । अवार्डबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चाहाना मिडिया प्रालिका अध्यक्ष सहदेव कोइरालाले भने – “वरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेलाई ११ हजार १५१ नगदसहित विशिष्ट लोक साहित्यकर्मीका रुपमा सम्मान गर्नेछ ।”

यसैगरी सांगीतिक क्षेत्रका विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्नुका साथै वरिष्ठ गायिका प्राज्ञ हरिदेवी कोइरालालाई विशेष सम्मान गर्न लागेको उनले जानकारी दिए ।

Advertisement

सांगीतिक क्षेत्रको विकास एवं विस्तारका लागि स्रष्टा र सिर्जनालाई सम्मान तथा प्रोत्साहन गर्नुपर्छ भन्ने सोचका साथ सो कार्यक्रम आयोजना गरिने अध्यक्ष कोइरालाले जानकारी दिए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top