सरकारलाई गल्ती सुधार गर्न माधव नेपालको सुझाब

८ असार ७६, सोमबार

९ असार, काठमाडौँ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले गल्ती कमजोरी भए सुधार गर्दै अघि बढन सरकारलाई सुझाव दिएका छन् ।

Advertisement

वरिष्ठ नेता नेपालले यातायात क्षेत्रको उचित व्यवस्थापन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सोमबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई तिहाई बहुमत पाएको कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले मजदुरहरुको पक्षमा दृढतापूर्वक काम गर्नुपर्ने पनि स्पष्ट पारे ।

उनले सुरक्षित यात्राका लागि ट्राफिक नियमको पालना गराउने काममा पनि विशेष ध्यान दिन सरकारसँग आग्रह गरे। पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले यातायात मजदुरहरुलाई पनि यात्रुहरुको सुरक्षामा विशेष सर्तकता अपनाउन पनि सचेत गराए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top