×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

हतियार देखाउँदै चन्दा असुल्ने विप्लवका तीन कार्यकर्ता मोरङबाट पक्राउ

९ असार, विराटनगर ।
हातहतियार देखाई विभिन्न ब्यक्ति तथा संघ संस्थाहरुबाट चन्दा असुल्ने प्रतिबन्धित विप्लवका तीन जना कार्यकर्ता हरियारसहित पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कानेपोखरी–६ का ३४ वर्षीय सुदिप भन्ने कंश धिमाल,सुन्दरहरैँचा– १२ का ४० वर्षीय अशोक राई र उर्लाबारी– २ को अन्दाजी ४८ वर्षीय केन्द्रलाल धिमाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । विभिन्न व्यक्ति तथा संस्थाहरुबाट हतियार देखाई डर त्रासको आडमा चन्दा असुल्न खोजिरहेको भन्ने विशेष सुचनाको आधारमा खोजतलास गर्ने क्रममा आइतबार बेलबारी– ३ स्कुलडाँडामा को १७ प ४५८६ नम्बरको मोटरसाईकलमा सवार अशोक राई र कंश धिमाललाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement
Advertisement

उनीहरुले हतियार लुकाई राखेको खुलेपछि खोजतलास गर्ने क्रममा कंश धिमालको घरमा रातो झोलामा लुकाईराखेको अवस्थामा अटोमेटिक पेस्तोल दुई थान, सोही पेस्तोलमा फिट हुने म्याग्जिन ४ थान र पेस्तोलमा लाग्ने गोली १४ राउण्ड बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै उनीहरुको अनुसन्धानको क्रममा उर्लाबारी– २ का केन्द्रलाल धिमालको घरमा लुकाई राखेको लोड भएको ३ नाल भरुवा बन्दुक, सो बन्दुकमा प्रयोग हुने छर्रा, बारुद, नटबोल्ट, केप, वासर र पुल्थ्रोमा प्रयोग भएको कपडा फेलापरेपछि धिमाललाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए ।

पक्राउ परेका अशोक राई जिल्ला जनपरिषद् प्रमुख तथा कंश धिमाल सक्रिय कार्यकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका कंश २०६६ सालमा उर्लाबारीको मंगलबारेमा सुनचाँदी लुटपाटमा डाँका मुद्धा चलाएको र २०६६ सालमा झापाको दमकमा लक्ष्मी बैंक लुटपाटमा ७ वर्ष कैद भुक्तान गरेको बुझिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी फौजदारी ऐन २०७४ अन्तर्गत हातहरियार तथा खरखजना अन्तर्गतको कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top