राष्ट्रिसभामा उम्मेदवार नबनाएको भन्दै मुस्लिम संगठनद्धारा विरोध

११ माघ ७४, शुक्रबार

विराटनगर, माघ १२
राष्ट्रियसभा निर्वाचनका लागि दलहरुले मुस्लिम समुदायबाट एक जनाको पनि उम्मेदवारी नदिइएको भन्दै विभिन्न मुस्लिम संगठनहरुले विरोध जनाएका छन् ।

Advertisement

आगामि मा २४ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि दलहरुले मुस्लिम समुदायको प्रतिनिधित्व नगराएको भन्दै विभिन्न दल निकट मुस्लिम संगठनहरुले विरोध जनाएका हुन् ।

नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठन, कांग्रेस निकट मुस्लिम संघ नेपाल र माओवादी केन्द्र निकट मुस्लिम मुक्ति मोर्चाले रिपोटर्स क्लबमा आज संयुक्र पत्रकार सम्मेलन गरि विरोध जनाएका हुन् ।

Advertisement

संगठनका नेताहरुले ‘थ्रेस होल्ड’ का कारण मुस्लिम समुदायको प्रतिनिधित्व हन नसकेकाले खारेज गरिनुपर्ने माग गरे । उनीहरुले महिला, दलित तथा अपाङगलाई जस्तै विषेश अधिकार दिनुपर्ने माग गरेका छन् ।

पत्रकार सम्मेलनमा नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष सेराज अहमद फरुकी, , कांग्रेस निकट मुस्लिम संघ नेपालका अध्यक्ष अब्दुल सत्तार र माओवादी केन्द्र निकट मुस्लिम मुक्ति मोर्चाका अतहर हुसेन फारुकी सहभागी थिए ।

Advertisement

यस्तो छ विज्ञप्ती

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top