नेकपामा ‘कार्यदिशा’ विवाद चुलिँदै

९ असार ७६, मंगलबार

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण नटुंगिँदै ‘राजनीतिक कार्यदिशा’लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ। तत्कालीन एमालेसँग नजिक अध्यक्ष केपी ओलीसहितका नेताहरु ‘जनताको बहुदलीय जनवाद (जबज)’को पक्षमा देखिएका छन् भने माओवादीबाट आएका नेताहरु ‘जनताको जनवाद’का पक्षमा देखिएका हुन्।

Advertisement

पार्टीका शीर्ष तहमै जनताको बहुदलीय जनवाद कि जनताको जनवाद हुने भन्नेमा मतभेद देखिएको छ। एकीकरणपछि राजनीतिक प्रतिवेदन प्रकाशन गर्न ढिलाइ भइरहेको अवस्था छ। यसले पनि मतभेद बढाउन बल पु¥याएको छ। शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एकीकरणपछि पार्टीको कार्यदिशा के हुने भन्ने राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको जनताको जनवादलाई सच्याएर जनताको बहुदलीय जनवाद राखेर जाने कि भन्ने विषयमा छलफल भएको थियो। छलफलका क्रममा जनताको बहुदलीय जनवादलाई राजनीतिक कार्यदिशा बनाउने भन्ने ओलीको प्रस्तावलाई दाहालले अस्वीकार गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top