विश्वकप क्रिकेटमा इंग्ल्यान्डविरुद्ध अष्ट्रेलियाको ब्याटिङ सुरु

विश्वकप क्रिकेटमा इंग्ल्यान्डविरुद्ध अष्ट्रेलियाको ब्याटिङ सुरु

१० असार । विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डविरुद्ध अष्ट्रेलियाले ब्याटिङ सुरु गरेको छ ।

लन्डनस्थित लर्ड्समा सुरु भएको खेलमा इंग्ल्यान्डले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि अष्ट्रेलियाले ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा दुबै टिम जित हात पार्ने लक्ष्यमा छन् ।

६ खेलमध्ये पाँच खेलमा जित र एक खेलमा हार ब्योहोरेको अष्ट्रेलिया १० अंक बनाएर दोस्रो स्थानमा छ । आजको खेल जिते अष्ट्रेलियाले विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।

यता, इंग्ल्यान्डले खेलको ६ खेलमध्ये चार खेलमा जित र दुई खेलमा पराजित हुदै ८ अंक बनाएको छ । चौथो स्थानमा रहेको इंग्ल्यान्डलाई सेमिफाइनलमा प्रवेश गर्नका लागि कम्तिमा पनि दुई खेल जित्नु पर्ने हुन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.