निगमले तिर्न सकेन किस्ता, २ अर्ब ९६ करोड बुझाउन बाँकी

निगमले तिर्न सकेन किस्ता, २ अर्ब ९६ करोड बुझाउन बाँकी

काठमाडौँ : कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३२ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन ।,यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।

निगमले दुवै कोषलाई तीन महिने किस्ताअन्तर्गत असार, असोज, पुस र चैतमा १ अर्ब १३ करोडका दरले चार किस्तामा ४ अर्ब ५२ करोड रकम तिर्नुपर्छ । पुषयता निगमले यी दुवै निकायलाई किस्ताबापत २ अर्ब ९६ करोड रुपैयाँ तिर्न नसकेको हो ।

निगमको अर्थ विभागले असार मसान्तभित्र बुझाउनुपर्ने किस्ता पनि तिर्न नसकिने जनाएको छ । अर्थ विभागका एक अधिकारीले कान्तिपुरसँग भने,‘अर्थ मन्त्रालयसँग २० अर्ब रुपैयाँ पायौं भने अहिलेलाई पुषयता तिर्न बाँकी किस्ताका लागि राहत होला ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.