मोरङको रंगेलीमा चट्याङले लागेर २ जनाको मृत्यु

मोरङको रंगेलीमा चट्याङले लागेर २ जनाको मृत्यु

११ असार, विराटनगर ।
मोरङको रंगेलीमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ ।

रंगेली नगरपालिका–९ दोहमना बजार नजिकै बुधबार दिउँसो करिब २ बजे चट्याङले लागेर रंगेली नगरपालिका ९ बस्ने १४ वर्षीय को अभत ऋषिदेव र सोही ठाउँका १५ वर्षीय अनिल ऋषिदेव घाईते भएका थिए ।

उनीहरुलाई उपचारको लागि रंगेली अस्पताल लगिएकोमा करिब ४ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.