प्रधानमन्त्री ओलीद्धारा लिखित पुस्तक ‘दृष्टिकोण’ सार्वजनिक

१४ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीलिखित पुस्तक ‘दृष्टिकोण’ सार्वजनिक भएको छ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सो पुस्तक नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले विमोचन गरेका छन्।

Advertisement

राजधानीमा शनिबार आयोजित मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा भएको कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो। पुस्तकको प्रचण्डसहित कांग्रेस नेता कृष्ण सिटौला, सांसद हृदयेश त्रिपाठी लगायतले विमोचन गरेका हुन्।

सो कार्यक्रममा मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रा. डा. सुवोध शर्मालाई हस्तान्तरण गरिएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विटर मार्फत जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top