१५ असार, विराटनगर ।
वातावरण सम्बन्धि जनचेतना फैल्याउने उद्धेश्यले विराटनगरमा जनचेतनामुलक सांस्कृतिक कार्यक्रम गरिएको छ । स्थानिय पुष्पलाल चोकमा शनिबार आयोजना गरिएको कार्यक्रममा राष्ट्रियस्तरका गायक तथा कलाकार सहभागि भएका छन् ।
वन तथा वातावरण मन्त्रालय,वतावरण विभाग बबरमहल काठमाण्डौको आयोजना तथा सांस्कृतिक संस्थान जमल काठमाण्डौको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । स्थानिय संघसंस्थाको समेत सहयोग रहेको कार्यक्रममा गायक तथा कलाकारहरु नारद खतिवडा,धिरज राई,डिजराज पौडेल,रोज मोक्तान,मञ्जु पौडेल,शोभा त्रिपाठी,सुरेश थापा र मानमायाले आ–आफ्ना प्रस्तुती राखेका थिए । कार्यक्रममा सहभागि गायक तथा कलाकारहरुले गितसंगित सहित प्रहसन प्रस्तुत गरेका थिए ।

यस्तै मोरंगको ग्रामथान गांउपालिका झोराहाटको नाट्य समुहले वातावरण सम्बन्धि सचेतनामुलक नाटक प्रस्तुत गरेको थियो । प्रदुषण घटाउ,फोहोर मैलाको उचित ब्यवस्थापन गरौं र जैविक विविधताको संरक्षण गरौं नारा सहित सचेतनामुलक सांस्कृतिक कार्यक्रम गरिएको अयोजक समितिले जनाएको छ ।

स्वच्छ वातावरण महाअभियानकालागि अभियन्ता तथा कलाकार सहितको सडक प्रर्दशनी गरिएको हो । भिजिट नेपाल २०२० लाई सफल बनाउने उद्धेश्य समेत कार्यक्रमको रहेको जनाइएको छ । यसअघि सोहि प्रकारको कार्यक्रम १२ अषाढमा हेटौडामा र १३ गते जनकपुरधाममा समेत आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।