स्टार्कले घातक बलिङ गरेपछि अष्ट्रेलियाद्धारा न्युजिल्यान्ड पराजित

१५ असार ७६, आइतबार
Share this
739shares

एजेन्सी, असार १५
अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले उत्कृष्ट प्रर्दशन गरेपछि एकदिवसिय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्यान्डमाथि ८६ रनको सहज जित निकालेको छ । जितसँगै अष्ट्रेलिया ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंकका साथ शीर्षस्थानमा छ ।

Advertisement

शनिबार लड्र्समा २ सय ४४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४३.४ ओभरमा अल आउट हुँदै १ सय ५७ रनमा समेटियो । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ४० र रस टेलरले ३० रन जोड्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । न्युजिल्यान्डले १० ओभरको दोस्रो बलमा हेनरी निकोलसलाई ८ रनमा गुमाएको थियो । उनलाई जेसन बेहरनडर्फले विकेटकीपर एलेक्स केरिबाट क्याच आउट गराए । बेहरनडर्फलेनै १४ ओभरको पहिलो बलमा अर्का ओपनर मार्टिन गुप्टिललाई २० रनमा एलवी डब्लू आउट गरे ।

२५ ओभरको चौथो बलमा मिचेल स्टार्कले कप्तान केन विलियमसनलाई केरिबाट ५१ बलमा २ चौका र १ छक्का प्रहार गरि रहेको अवस्थामा केरिबाटै क्याच आउट गराए । ३२ ओभरको चौथो बलमा प्याट कमिन्सले रस टेलरलाई केरिबाटै क्याच आउट गराएपछि न्युजिल्यान्डको जित टाढिएको थियो । न्युजिल्यान्डको निरन्तर विकेट पतन जारी रह्यो ।

Advertisement

टम लेथम १४,कोलिन डी ग्राण्डहोम डक,जेम्श निशम ९,मिचेल सान्टनार १२,इश सोधी ५,लोकी फर्गुसन डक आउट भए । अष्ट्रेलियालाई सहज जित दिलाउन मिचेल स्टार्कले ९.४ ओभरमा १ मेडन सहित २६ रन खर्चेर ५ विकेट लिए । त्यस्तै जेसन बेहरनडर्फले २,प्याट कमिन्स,नाथन लायन र स्टिभ स्मिथले पनि समान १ विकेट हात पारे ।

Advertisement

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४३ रन बनायो । न्युजिल्यान्डका लागि तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ह्याट्रिक लिएका थिए । अष्ट्रेलियाका लागि उस्मान खवाजाले सर्वाधिक ८८ रनको योगदान दिए । अन्तिम ओभरको तेस्रो बलमा बोल्टले बोल्ड आउट गर्नुअघि खवाजाले १ सय २९ बलमा ५ चौका प्रहार गरे ।

त्यस्तै विकेटकीपर एलेक्स केरिले ७२ बलमा ११ चौका सहित ७१ रनको योगदान दिए । केरिलाई कप्तान केन विलियमसनले मार्टिन गुप्टिलबाट क्याच आउट गराए । एक समय २१.३ ओभरमा ९२–५ को कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई केरि र खवाजाले छैटौं विकेटका लागि १ सय ७ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासेका थिए ।

अष्ट्रेलियाले पाँचौ ओभरको तेस्रो बलमा कप्तान आरोन फिन्चलाई ८ रनमा गुमाएको थियो । फिन्चलाई बोल्टले एलबी डब्लू आउट गरे । दशौं ओभरको पहिलो बलमा ल्योकी फर्गुसनले टम लेथमबाट क्याच आउट गराउँदै अर्का ओपनर डेविड वार्नरलाई १६ रनमा पेभिलिएन फर्काए ।

फर्गुसनलेनै १२ ओभरको दोस्रो बलमा स्टिभ स्मिथलाई ५ रनमा क्याच आउट गराएपछि अष्ट्रेलिया दबाबमा परेको थियो । जेम्श निशमले मार्कस स्टोइनिसलाई २१ र ग्लेन म्याक्सवेललाई १ रनमा क्याच आउट गराएपछि अष्ट्रेलिया कमजोर अवस्थामा पुगेको थियो । प्याट कमिन्स २३ रनमा अविजित रहे ।

बोल्टले अन्तिम ओभरमा ह्याट्रिक गरे । बोल्टले अन्तिम ओभरको तेस्रो बलमा उस्मान खवाजालाई बोल्ड आउट गरे । लगत्तै चौथो बलमा मिचेल स्टार्कलाई पनि बोल्ड आउट गरे । पाँचौ बलमा जेसन बेहरनडर्फलाई एलवी डब्लू आउट गर्दै बोल्टले ह्याट्रिक पुरा गरेका थिए ।

ह्याट्रिक लिएका बोल्टले १० ओभरमा १ मेडन सहित ५१ रन खर्चेर ४ विकेट लिए । लोकी फर्गुसन र जेम्श निशमको नाममा समान २ विकेट रह्यो । त्यस्तै कप्तान केन विलियमसनले १ विकेट लिए ।

शीर्ष स्थानमा रहेको अष्टे«लियाले लिग चरणको अन्तिम खेल आगमी शनिवार दक्षिण अफ्रिकासँग खेल्ने छ भने ८ खेलमा ५ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा रहेको न्युजिल्यान्डले निर्णायक खेल आगमी बुधबार इंग्ल्यान्डसँग खेल्ने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top