‘कम्युनिष्टको सिद्धान्त अनुसार सरकार चल्न नसक्दा जनमत गुम्दै जाने खतरा’

१४ असार ७६, आइतबार

१५ असार, काठमाडौँ ।
नेकपाका नेता हृदयेश त्रिपाठीले सरकारको सफलता र विफलता राजनीतिक कोर्ष संग जोडिएकाले त्यस तर्फ गम्भीर बन्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

Advertisement

मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता हृदयेश त्रिपाठीले कम्युनिष्टको सिद्धान्त अनुसार सरकार चल्न नसक्दा जनमत गुम्दै जाने खतरा रहेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । पार्टी एकिकरण पछि नेताहरुले ‘ठूलो भएपछि यसको क्षेत्रफल नै थाहा नभएजस्तो’ गरेर अलमलमा परेको टिप्पणी गरे ।

मधेस र थारु समुदायप्रति सरकारले अझै पनि विभेदकारी नीति राखेको उनले आरोप लगाए । उनले संसदीय निर्वाचनमा निर्णाय बनेको मधेसी र थारु समुदायको विश्वास जित्न नसके सरकार असफल हुने दाबी गरे । उनले पार्टी र सरकारको सफलता र असफलतामा मात्रै प्रश्न नभई सिस्टम नै परिर्वतन हुन सक्ने भन्दै राजनीतिक कोर्ष नै अन्यत्र जान सक्ने खतरा औल्याए ।

Advertisement

उनले भने “नेकपा अझै पनि लोकप्रिय हुन सकेको छैन मधेसी जनतामा । थारु जनतामा तपाईहरुलाई भन्छन् भने प्रमोटेड नेताहरुले भनेर केही हुदैन । एउटा आन्दोलनका क्रममा प्रोमोटेट भए होलान् त्यो बेलामा । अझै यो हाम्रो पार्टी भनेर विश्वास हुन सकेको छैन । त्यो अनुसारको नीति सिद्धान्त कार्यक्रम र व्यवहार हुन सकेको छैन । सम्झनुहोस् तपाईहरुले । ५९ सिट यस्ता छन् जहा थारु र मधेधी यात निर्णायक छन् । या त उनको बेगर रिजल्ट उल्टो हुनेवाला छ । तीनलाई छोडेर आगामी तपाईका यात्रा कम्प्लिट हुदैनन् । राजमार्गमा जादा जादा बाम आन्दोलनको फुतिफार्ति त्यही सम्म रहने, दक्षिण जान नसक्ने कारण के हो ?

एकपटक जनमतले अविश्वास गरिसकेपछि फेरी जनमत श्रृजना गर्न कठिन हुने भन्दै उनले अब कुनै पनि राजनीतिक बुख्याँचाले जनतालाई छल गर्न नसकिने तर्क गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top