इन्धन पम्पका लागि देशभरबाट ९३९ आवेदन

१५ असार ७६, आइतबार
Share this
692shares

काठमाडौं : इन्धन बिक्रेता (डिलरसीप) प्राप्त गर्न देशभरबाट उत्साहजन रूपमा आवेदन परेको छ। नेपाल आयल निगमले इन्धन बिक्रेता नियुक्त्त गर्न वैशाख १७ गते ६० दिने (असार १४ सम्म) आवेदन मागेको थियो।

Advertisement

यस अवधिमा देशभरबाट ९ सय ३९ वटा आवेदन परेको छ। निगमका प्रवत्ता वीरेन्द्र गोइतका अनुसार सबैभन्दा बढी प्रदेश २ बाट आवेदन परेको छ। सबैभन्दा कम कर्णाली प्रदेशबाट जम्मा १६ वटा मात्रै आवेदन दर्ता भएको छ।

यस्तै प्रदेश १ का लागि १ सय ८९, प्रदेश ३ का लागि १ सय २१, गण्डकी प्रदेशका लागि २७, प्रदेश ५ का लागि २ सय सात र सुदूरपश्चिमबाट ५२ वटा आवेदन दर्ता गरिएको छ। ,याे समाचार आजकाे अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top