सडक दुर्घटनामा विराटनगरका टेम्पु चालकको मृत्यु,किरण लामाको खोजीमा प्रहरी

१५असार ,विराटनगर ।
गएराति विराटनगरमा भएको सडक दुर्घटनामा एक युवाको मृत्यु भएपछि दुर्घटना गराउनेलाई कारवाहीको माग गर्दै विराटनगरका टेम्पु चालकहरु धर्ना प्रदर्शनमा उत्रिएका छन् । मृतक टेम्पु चालक रहेकाले दुर्घटना गराउनेलाई कारवाहीको माग गर्दै चालकहरु धर्ना प्रर्दशनमा उत्रिएका हुन् ।

धर्ना प्रदर्शनमा उत्रिएका टेम्पु चालक र मृतकका आफ्न्तले स्थानिय बरगाछी चोकमा केहिबेर चक्का जाम गर्नुका साथै जिल्ला प्रहरी कार्यालय मोरंग छेउको सडकमा टेम्पु राखेर धर्नामा बसेका छन् ।

गएराति विराटनगरको बरगाछीमा भएको दुर्घटनामा विराटनगर–१२,बखरीका १९ बर्षिय शंकरकुमार मिश्रको मृत्यु भएको थियो । को ३५ प ५६३४ नम्बरको पल्सर मोटरसाइकलमा सवार उनलाई बा २० च ७४० नम्बरको किया कम्पनीको कारले पछाडिबाट ठक्कर दिएको मृतकका आफ्न्तले बताएका छन् । बरगाछी उत्तरबाट दक्षिणतर्फ आउँदै गरेका मिश्रलाई सोहि दिसाबाट तीब्र गतिमा आएको कारले ठक्कर दिएर कयौं मिटरसम्म घिसारेर लगेको मृतका दाजु रामकुमार मिश्रले जानकारी दिए ।

रातको पौने ११ बजे ठक्कर दिएर दक्षिणतर्फ फरार भएको दुर्घटना गराउने कार १ घन्टापछि विराटनगर–६ भट्टीमोड पश्चिमस्थित एक घरमा लुकाई राखेको अवस्थामा फेला परेको उनको भनाई छ । बिराटनगरकै किरण लामाको नाममा रहेको सो कार लामा आफैले चलाएको मृतक पक्षको दाबी छ । लामाले मापसे गरेर तीब्रगतिमा कार चलाएका कारण दुर्घटना भएको मृतक पक्षको दाबी छ । मिश्रले दुर्घटना गराउनेलाई अविलम्ब नियन्त्रणमा लिएर कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।

यता सो बिषयमा प्रतिक्रिया दिँदै जिल्ला प्रहरी कार्यालय मोरंगका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले दुर्घटना गराउने कार गएराति नै बरामद गरिसकिएको जानकारी दिँदैै कार चलाउने ब्यक्तिको बिषयमा खोजतलास र अनुसन्धान भइरहेको जानकारी दिए । सो कार किरण लामाकै नाममा दर्ता रहेको उनले पुष्टि गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top