टी–ट्वान्टी विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा

१५ असार, काठमाडौँ ।
सिंगापुरमा हुने आईसीसी टी–ट्वान्टी एसिया कपको लागि पारस खड्काको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै कप्तान पारस खड्काको कप्तानीमा १४ सदस्य टोली घोषणा भएको हो ।

Advertisement

कप्तान पारस खड्का,प्रशिक्षक उमेश पटवाल र आईसीसीका प्रतिनिधि अमिनुल इस्लामले टोली छनोट गरेका हुन् । घोषणा गरिएको टोलीमा शरद भेषवाकरले कमब्याक गरेका छन् । युएईसँगको टुरमा गत माघमा शरद टोेलीमा थिएनन् । पछिल्लो एक वर्ष यता राष्ट्रिय टिमबाट नियमित खेल्दै आएका आरिफ शेख र युएई टुरमा रहेका सन्दीप जोरा यस टोलीमा समावेश अटेका छैनन् ।

आईसीसी टी ट्वान्टी एसिया छनोट आगमी जुलाई २०–२८ सम्म सिंगापुरमा हुने छ । प्रतियोगितामा नेपालसहित, सिंगापुर, कुवेत, मलेसिया र कतार रहेका छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनोटको लागि प्रतिस्पर्धा हुने छ । एसियाकप छनोट अघि नेपालले मलेसियासँग जुलाई १३ र १४ मा दुई टी ट्वान्टी सिरिज खेल्ने कार्यक्रम पक्का भईसकेको छ । नेपाल मलेसियासँगको खेलका लागि जुलाई ९ मा त्यसतर्फ जानेछ ।

Advertisement

यस्तो छ नेपालको १४ सदस्य टोली :
१.पारस खड्का(कप्तान)
२.ज्ञानेन्द्र मल्ल
३.शरद भेषवाकर
४.बसन्त रेग्मि
५.सोमपाल कामी
६.दिपेन्द्रसिंह ऐरी
७.प्रदीप ऐरी
८.सन्दीप लामिछाने
९.रोहित कुमार पौडेल
१०.पवन सरार्फ
११.अभिनाष बोहोरा
१२.विनोद भण्डारी
१३. करण केसी
१४.ललित नारायण राजवंशी

बैकल्पीक खेलाडी :

Advertisement

कुशल भुर्तेल
जितेन्द्र मुखिया
आरिफ शेख
सुसन भारी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top