संस्थागत विद्यालय शिक्षक युनियमा सुरेश भट्ट

संस्थागत विद्यालय शिक्षक युनियमा सुरेश भट्ट

१५ असार, काठमाडौँ ।
संस्थागत विद्यालय शिक्षक युनियनले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा गरिएको चौंथो काठमाडौँ जिल्ला अधिवेशनबाट सुरेश भट्टको अध्यक्षतामा २१ कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्यसमतिमिा अध्यक्ष सुरेश भट्टसहित उपाध्यक्ष सन्तोष जि सि, महिला उपाध्यक्ष नितु झा, सचिब भुपाल उप्रेती, सह सचिब ओमनाथ कडरिया, कोषाध्यक्ष रमेश बराल छन् । सदस्यहरूमा सरोज श्रेष्ठ, भरत चन्द कृष्णप्रसाद गौतम, कुस्मिता तिवारी, कमल लामिछाने, सुदिप श्रेष्ठ, सराम महत, विप्लव भट्टराई, गणेश गुरागाईं, कर्ण राई, नवीन कौनजीया, दिनेश अधिकारी, शर्मिला ओझा हेमन्त पराजुली र रामनरेश राय छन् ।

कार्यक्रममा शिक्षा व्यवसायी र सरोकारवालाहरूले शिक्षा गुणस्तर वृद्धि गर्नुपर्ने बताएका थिए । उनीहरूले सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चितता, संघीय शिक्षा ऐनले तोके बमोजिम नियुक्तिपत्र, तलब, सेवा सुविधाको काग अघि सारेका छन् ।

त्यसैगरी निजी विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउन माग गर्दे नेपाल सरकारले २०७६/७७ को बजेट मार्फत् बढाइएका १८–२० प्रतिशत तलब तत्काल बढाएर दिन आग्रह गरेका छन् ।

संस्थागत विद्यालय शिक्षक युनियन निजी विद्यालयहरूमा कार्यरत करिब १ लाख ५० हजारको संख्यामा रहेका शिक्षक कर्मचारीहरूको पेशागत युनियन हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.