कारको ठक्करबाट मृत्यु : दुर्घटना ‘शंकास्पद’

कारको ठक्करबाट मृत्यु : दुर्घटना ‘शंकास्पद’

विराटनगर : विराटनगर– ६ का किरण लामाको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार राती मादक पदार्थ सेवन (मापसे) गरी लामाले चलाएको कारले ठक्कर दिँदा मोटरसाईकलमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेका विराटनगर– १२ का १८ वर्षीय शंकरकुमार मिश्रको मृत्यु भएको हो ।

घटना शनिबार राति करिब ११ बजेको हो । एयरपोर्ट रोडस्थित एक होटलमा सँगै मादक पदार्थ सेवन गरी निस्किएका लामाले चलाएको कारले विराटनगरको बरगाछीमा मिश्र सवार को ३ प ५६३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

होटलमा खानपिन गर्दा उनीहरुबीच विवाद भएको बताईएको छ । होटलमा मापसे गरी बा २० च ७४० नम्बरको कारमा निस्किएका लामाले बरगाछी चोकमा मोटरसाइकललाई ठक्कर दिँदा मिश्र गम्भीर घाईते भएका थिए । उनको उपचारको क्रममा विराट नर्सिङहोममा मृत्यु भएको थियो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.