ब्रिटिश गोर्खाको आन्दोलन स्थगित

१५ असार ७६, सोमबार

१६ असार, काठमाण्डौ ।

बेलायत सरकारले विभेद गरेको भन्दै आन्दोलन गरिरहेको ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जुलाई १ देखि गर्ने भनेको आन्दोलनको कार्यक्रमहरु स्थगन गरेको छ ।

सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै संयुक्त संघर्ष समितिले प्रधानमन्त्रीको बेलायत भ्रमणमा समकक्षी टेरेसा मेसँग पूर्व गोर्खाहरुको समस्याबारे सम्बाद गरेको र बेलायती पक्षले सकारात्मक रुपमा लिएको भन्दै आन्दोलनमा जाने निर्णय फिर्ता लिएको बताएको छ । पत्रकार सम्मेलनमा ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति नेपाल च्याप्टरका संयोजक लालबहादुर घिसिङ्गले प्रधानमन्त्री ओलीको बेलायत भ्रमणमा भएको द्विपक्षीय संवादलाई सकारात्मक रुपमालिएको भन्दै ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिलाई बेलायत सरकारले पत्र लेखेर पठाएको हुँदा हाललाई जुलाई १ बाट गर्ने भनेको आन्दोलनको कार्यक्रमफिर्ता लिएको जानकारी दिए । साथै संघर्ष समितिका नेपाल संयोजक घिसिङ्गले नेपाल सरकारले बिगतमाझैँ पहलकदमी लिने समयमा झारा टार्ने काम नगर्न चेतावनी पनि दिए ।

Advertisement

प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले नेपाल सरकारलाई ब्रिटिश गोर्खाकापुर्व सैनिकहरुको सम्बन्धमा बेलायत सरकार सँग बार्ता गर्न निर्देशन दिएको छ । ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले समस्या समाधानगर्न उच्चस्तरीय बार्ता समिति गठन गर्न पनि माग गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top