काठमाडौंमा साझाले २० वटा बस थप्ने

काठमाडौंमा साझाले २० वटा बस थप्ने

१६ असार, काठमाडौं

काठमाडौं उपत्यकाको सडकमा थप २० वटा साझाबसले सेवादिने भएको छ ।

काठमाडौँ उपत्यकाको तिन वटा जिल्लाका काँठ क्षेत्रका बासिन्दालाई सजिलो हुने गरि साझा यातायातले सेवादिन लागेको हो । सोमबार काठमाडौँमा एक कार्यक्रमकाबीच काठमाडौँ महानगरपालिका,ललितपुर महानगरपालिकाले उपलब्ध गराएको अनुदानबाट खरिद गरिएको बस साझायातायातलाई हस्तान्तरण गरिएको छ ।

यस्तै साझायातायातले काठमाडौँ उपत्यकाबाहिर पनि सेवादिने भएको छ । साझायातायातले काठमाडौँबाट पोखरा हुदै बागलुङ्ग र काठमाडौँबाट नारायणगढ, बुटवल, भैरहवाहुदै बेलहिया सम्म रात्रीकालिन बस सेवा संचालनगर्न लागेको हो । साझायातायातले काठमाडौँ उपत्यकामानयाँ गाडीहरुलाई १० वटा रुटमा चलाउने भएको छ । साझाको पुरानो रुटको साथै बुङ्गमति देखि बुढानीलकण्ठ,लगनखेलबाट सातदोबाटो हुदै थानकोट,नयाँ बसपार्कबाट सुर्यविनायक र

लगनखेलबाट शहीदगेट हुदै दक्षीणकाली सम्म साझाकाबसहरुले सेवादिनेछन् । साझाका २० नयाँ बस खरिद गर्न काठमाडौँमहानगरले ५ करोड र ललितपुरमहानगरले १ करोड रुपैया अनुदान सहयोग गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.