१६ असार, विराटनगर ।
विराटनगरमा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विराटनगर महानगरपालिका वडानम्बर १५ को आयोजना र वडास्तरिय वाल क्लबको संयोजनमा प्रतियोगिता सम्पन्न भएको हो ।
वडा कार्यालय परिसरमा आयोजना गरिएको प्रतियोगितामा स्थानीय मनकामना इंगलिस बोर्डिङ स्कुल प्रथम भएको छ । यस्तै राइजिङ बोर्डिङ स्कुल दोश्रो र श्री ग्लोबल एकेडमी तेश्रो भएको छ । प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने विद्यालयले पुरस्कारस्वरुप नगद ६ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र हासिल गरेको छ ।
यस्तै दोश्रो हुनेले नगद ४ हजार ५ सय र तेश्रो हुनेले ३ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजयीलाई विराटनगर महानगरपालिकाका भीम पराजुली र विराटनगर–१५ का वडाध्यक्ष असलम आलमले नगद सहितको पुरस्कार हस्तान्तण गरे ।
विद्यार्थीको बौद्धिक क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा वडाभित्रका २ सामुुदायिक र ४ निजी विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको वडास्तरिय बाल क्लबका सदस्य एवम कार्यक्रम संयोजक इमरान अंसारीले जानकारी दिए ।
कार्यक्रम विराटनगर महानगरपालिकाका मेयर पराजुलीले कुनैपनि विद्यार्थी शिक्षाबाट बञ्चित नहोउन भन्ने उद्धेश्यले महानगरपालिकाले गुणस्तरिय शिक्षाको निति लिएको बताए ।