प्रदेश १ को कार्यवाहक मुख्यमन्त्रीको जिम्मा हिक्मत कार्कीलाई

प्रदेश १ को कार्यवाहक मुख्यमन्त्रीको जिम्मा हिक्मत कार्कीलाई

१६ असार, विराटनगर ।
प्रदेश नम्बर १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले कार्यवहाक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री शेरधन राई अमेरिका भ्रमणका लागि काठमाडौ प्रस्थान गरेसँगै राईको जिम्मेवारी कार्कीले पाएका हुन् ।

सोमबार प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले एक पत्रमार्फत मुख्यमन्त्री राईको दैनिक प्रशासनिक कार्य मुख्यमन्त्री राई नआउन्जेल सम्हाल्ने गरी जिम्मेवारी दिइएको जानकारी गराइएको छ । राई अमेरिकामा रहेका नेपालीभाषीको कार्यक्रममा सहभागी हुन अमेरिका जान लागेका हुन् । मुख्यमन्त्री राई यही असार २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.